Bagmati Samachar Logo

भारतबाट आएको ट्रकबाट १ करोड ९ लाख भारतीय रुपैयाँ बरामद

हेटांैडा । २३ वैशाख मंगलबार ।भारतीय ट्रकमा सशस्त्र प्रहरीको सीमा सुरक्षा बलले १ करोड ९ लाख ६९ हजार भारती रुपैय बरामद गरेको छ ।
विराटनगरको एकीकृत भन्सार जाँच चौकीमा भारतबाट नेपाल प्रवेश गरेको भारतीय ट्रकमा सशस्त्र प्रहरीको सीमा सुरक्षा बलले उक्त रकम बरामद गरेको हो । रकमसँगै ट्रकका चालक र सहचालक पक्राउ परेका सशस्त्र प्रहरी बलका एसपी नेत्रबहादुर कार्कीले जानकारी दिए ।

रित्तो ट्रकको पछाडि बोरामा बेरेर कार्टुनमा हाली रकम ल्याएको सशस्त्र प्रहरीले जनाएको छ । रकम कसले के प्रयोजनका लागि ल्याएको हो भन्ने खुलेको छैन ।

घटनाको थप विवरण आउन बाँकी छ ।