नेकपा बैठकमा प्रधानमन्त्रीको आत्मालोचना ,गौतमलाई प्रतिनिधि सभामा लैजान

काठमाडौं । २० वैशाख । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठकमा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले आत्मालोचना गरेका छन् । बैठकमा ओलीले पछिल्लोपल्ट सरकारले लिएका निर्णयका बारेमा आत्मालोचना गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी गराए ।
सचिवालय बैठकले वामदेव गौतमलाई प्रतिनिधिसभाको उम्मेद्वार बनाउने निर्णय गरेको छ ।
गत बुधबार बसेको सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले उपाध्यक्ष गौतमलाई प्रधानमन्त्री बनाउने र वरिष्ठ नेता माधव नेपाललाई तेस्रो अध्यक्ष बनाउने प्रस्ताव गरेका थिए । जसअनुसार आजको बैठकले गौतमलाई प्रतिनिधि सभामा लैजान निर्णय गरेको हुानसक्ने अनुमान गरिएको छ ।
केही बेरअघि प्रधानमन्त्री निवास वालुवाटारमा सकिएको बैठकले २५ वैशाखमा स्थायी कमिटि बैठक बोलाउने निर्णयसमेत गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले बताए ।
त्यसअघि २४ गते सचिवालय बैठक बस्ने उनले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्: