सरकारले विवादीत दुवै अध्यादेश फिर्ता लियो
काठमाडौं । १२ वैशाख । सरकारले ८ वैशाख सोमबार जारी भएका दुवै विवादीत अध्यादेश फिर्ता लिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले दुवै अध्यादेश फिर्ता लिने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।
पार्टीभित्रैबाट विवाद भएपछि सरकार अध्यादेशबाट पछि हटेको हो । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्पतिले जुनसुकै बखत अध्यादेश खारेज गर्न सक्ने संवैधानिक प्रावधान छ । नेकपाका शीर्ष नेताहरूले बिहीबारै प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर अध्यादेश फिर्ता लिन सुझाएका थिए ।
प्रतिक्रिया दिनुहोस्: