Bagmati Samachar Logo

सुदूरपश्चिमकी महिला कोरोनामुक्त भएर फर्किइन् घर

काठमाडौं । ११ वैशाख । कैलालीको लम्कीचुहाकी ६५ वर्षीया पाना विक कोरोना संक्रमित स्वस्थ भए घर फर्किएकी छन्। बिहीबार उनलाई अस्पतालले विदाई गरेको हो ।

वीरगञ्जबाट फर्किएकी उनमा वैशाख १ गते कोरोना संक्रमण रहेको पुष्टि भएको थियो।

२४ घण्टाभित्र दोस्रो र तेस्रो रिपोर्ट लगातार नेगेटिभ आएपछि उहाँलाई डिस्चार्ज गरिएको हो,ु अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले भने।

उनीसहित सुदूरपश्चिममा कोरोना निको भएर भएर घर फर्किनेको संख्या ४ पुगेको छ। अब धनगढीकी एक जना महिलामात्र अस्पतालको आइसोलेसनमा छिन्।