आज दुई जनामा कोरोना सक्रमण भेटियो,अहिलेसम्म ९ जना निको भएर घर फर्केका छन्
काठमाडौं । ११ वैशाख । बिहीबार दुई जनामा कोरोनाभाइरस सक्रमण देखिएको छ । उदयपुरकी ५५ वर्षीया महिला र जनकपुरका १४ वर्षीय किशोरमा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै संक्रमितको संख्या ४७ पुगेको छ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले उदयपुरबाट संकलन गरिएको नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण वर्ष ५५ वर्षीया महिलामा संक्रमण पुष्टि भएको बताए ।
यस्तै जनकपुरका १४ वर्षीया किशोरमा पनि संक्रमण पुष्टि भएको उनले बताए । उनले संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको पनि जानकारी दिए ।
योसँगै कोरोना निको भएर घर फर्किनेको संख्या ९ जना पुगेको छ ।
त्यस्तै मन्त्रालयले पीसीआर र आरडीटी विधिबाट हालसमम ४३ हजार ७२२ जनाको परीक्षण गरीएको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्: