Bagmati Samachar Logo

प्रधानमन्त्रीले समाजवादी पार्टी फुटाउन नेता अपहरण गराएको आरोप

काठमाडौं । १० वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना केन्द्रीय सदस्य अपहण गराएको समाजवादी पार्टी नेपालले आरोप लगाएको छ ।

समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य तथा सूचना सञ्चार विभाग उपप्रमुख विश्वदीप पाण्डेले साँझ ५ बजे प्रधानमन्त्रीले जनपुरबाट प्रहरी लगाएर आफ्ना केन्द्रीय सदस्यको अपहरण गराएको आरोप लगाएका हुन् ।

उनले ट्वीट गर्दै भनेका छन्, ‘आज १० वैशाख साँझ ५ बजे पूर्वस्वास्थ्यराज्यमन्त्री तथा समाजवादी पार्टीका केन्द्रीय सदस्य डा। सुरेन्द्र यादवलाई प्रधानमन्त्री ओलीको ठाडो आदेशमा कामाडौंबाट गएको प्रहरीले जनकपुरबाट अपहरण गरेर पार्टी फुटाउने प्रयोजनका लागि काठमाडौं ल्याउँदैछ । यो के हुन लागेको हो रु’

सरकारले सोमबार मात्र राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएको थियो ।

यो अध्यादेशको विरोध नेकपाभित्र नै भइरहेको छ । नेकपाका केही नेताले अध्यादेश फिर्ता हुनुपर्ने बताएका छन् । उता, प्रतिपक्षमा रहेका दलहरूले पनि अध्यादेश खारेजीको माग गरेका छन् ।