१५ बैशाखसम्म लकडाउन थप गर्ने मन्त्रिपरिषदको निर्णय
काठमाडौं । २ वैशाख । सरकारले १५ वैशाखसम्म लकडाउनलाई निरन्तरता दिने निर्णय गरेको छ ।
मंगलबार आज प्रधामन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले लकडाउनको अवधि थप १२ दिन बढाएर १५ वैशाखसम्म पुर्याएको हो ।
बैठकले १८ वैशाखसम्म सबै सीमानाका बन्द जारी राख्ने निर्णय समेत गरेको छ ।
सरकारले पहिलो पटक चैत्र ११ गते देखि १८ गतेसम्म लकडाउनको घोषणा गरेको थियो । त्सपछि पनि १ साता थपरे २६ चैत तेस्रो पटक थपरे ३ बैशाख पुर्याएकोमा पुन १२ दिन सा थिएको छ ।
मंगलबारसम्म नेपालमा कोरोना सङ्क्रमितको संख्या १६ पुगेको छ । पछिल्लो ९ दिनसम्म नयाँ सङ्क्रमित फेला नपरेकामा आइतबार एकैदिन ३ जना र सोमबार दुई जना र मंगलबार २ नयाँ सङ्क्रमित थपिएका थिए ।
संक्रमित बढ्न थालेपछि सरकारले लकडाउनको अवधि पनि बढाउदै लगेको छ । यसअघि मंगलबार नै छिमेकी देश भारतले ३ मे सम्मको लागि लकडाउनको अवधि थप्ने निर्णय लिएको छ ।
प्रतिक्रिया दिनुहोस्: