पेप्सीकोलाका ३ जनामा कोरोना र्यापिड टेस्ट पोजेटिभ, आइसोलेसनमा उपचार हुँदै

काठमाडौं । १ बैशाख । काठमाडौंको ३ जनालाई कोरोना भाइरसको आशंकामा ललितपुरको पाटन अस्पतालमा भर्ना गरीएको छ । काठमाडौंको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा रहेका ३ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमणको आशंका गरिएको छ ।
अपार्टमेन्टको १५औँ तल्लामा बस्दै आएका उनीहरूलाई कोरोनाको आशंकामा थप परीक्षणका लागि टेकु अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।
महानगरीय प्रहरी वृत्तका प्रमुख डीएसपी नवीन कार्कीका अनुसार नगरपालिकाले गरेको र्यापिड परीक्षणमा ३ जनामा कोरोना पोजेटिभ देखिएको सूचना दिएपछि अपार्टमेन्टलाई सिल गरेर राखिएको छ ।
उनीहरू तीनै जना बेलायतमा बस्ने गरेको बताइएको छ । टेकु अस्पतालका अनुसार टेकुमा आइसोलेसन वार्ड नभएपछि उनीहरूलाई पाटन अस्पतालको आइसोलेसनमा राखिएको छ । उनीहरू लकडाउन हुनुपहिले विदेशबाट आएको र सेल्फ क्वारेन्टाइनमा बसेको खुलेको छ ।
अपार्टमेन्ट सिल
काठमाडौंको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्ने एकै परिवारका तीन सदस्यलाई र्यापिड टेस्ट गर्दा कोरोना भाइरसको एन्टिबडी देखिएपछि अहिले उक्त अपार्टमेन्ट सिल गरिएको छ। भित्र बस्ने कसैलाई बाहिर जान दिइएको छैन।
अपार्टमेन्टबाट कसैलाई आवतजावत गर्न नदिएको त्यहीँ बसिरहेकी ज्योति गैरेले सेतोपाटीलाई बताइन्। ुहामीलाई तलमाथि कतै जान दिइएको छैन। सबै आ(आफ्नो कोठामा बसेका छौं,ु उनले भनिन्, ुअपार्टमेन्ट बाहिर सुरक्षाकर्मी खटिएका छन्।ु
कागेश्वरी मनहरा नगरपालिकाका मेयर कृष्णहरि थापाका अनुसार अपार्टमेन्टमा करिब पाँच सय परिवार छन्। तीमध्ये कति जना अहिले बसोबास गरिरहेका छन् भन्ने यकिन छैन।
प्रतिक्रिया दिनुहोस्: