Bagmati Samachar Logo

२०७६ सालका राजनीतिक घटना क्रमलाई फर्केर हेर्दा

२०७६ सुरुवातदेखि नै नेपाली राजनीतिकवृत्तका केही घटनामा आममानिसको चासो बढी रह्यो । यो वर्ष पार्टी एकीकरण र घूस प्रकरणका प्रमुख चासोका विषय बने । त्यस्तै, प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण, एमसीसी विवाद, उपनिर्वचन, प्रदेश प्रमुख परिवर्तनलगायतका घटना यो वर्षमा चर्चामा रहे । यी हुन् वर्षभरि चर्चामा रहेका राजनीतिक घटना

ललिता निवास प्रकरण

सत्तारूढ दल र सरकारका लागि बालुवाटारस्थित ललिता निवास हाताको जग्गा हिनामिना प्रकरण सधैँका लागि दाग लाग्ने गरी बस्यो । यो जग्गा प्रकरण २०७५ चैतको अन्त्य र २०७६ सालको सुरुदेखि नै चर्चामा रह्यो । यो प्रकरणका १ चर्चित पात्र हुन्, नेकपाका महासचिव विष्णु पौडेल । पौडेलले नै बालुवाटारको सरकारी जग्गा दलालसँग मिलेर किनेको खुलेपछि उनी, नेकपा र सरकार नै विवादमा पर्‍यो ।

पार्टीको महासचिव जस्तो गरिमामय पदमा रहेका व्यक्तिले नै सरकारी जग्गा हड्प्न प्रपञ्च गरेको भन्दै आमनागरिकबाट पार्टी र उनको विरोध पनि भयो । तर, पौडेलले यो विषयमा केही बोलेनन् । तर, प्रधानमन्त्री ओलीले उनको बचाउ गर्दै भाषणसमेत गरे ।

ललिता निवास प्रकरणको अख्तियार दुरुपयोग अनुसन्धान आयोग र केन्द्रीय अनुसन्धान विभागबाट छुट्टाछुट्टै अनुसन्धान भए । उक्त प्रकरणमा ३ पूर्वमन्त्री र आफ्नै १ पूर्वप्रमुख आयुक्तसहित १७५ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गर्‍यो । महासचिव पौडेल भने उक्त जग्गा सरकारलाई फिर्ता दिएर उम्किए ।

नेकपाले जिल्ला नेतृत्व टुंग्यायो

नेकपाले लामो समयसम्म थाँतीमा रहेको पार्टी एकताको जिल्ला नेतृत्वको भागबण्डा टुंग्यायो । सत्तारूढ दल नेकपामा एकताको काम त्यसमा पनि जिल्लाको नेतृत्व टुङ्ग्याउन हम्मेहम्मे भएको थियो । अन्ततः नेकपाले जिल्लाको भागबण्डा लगाएर नेतृत्व टुंगियो ।

तर, कैयौँ केन्द्रीय सदस्य सचिव र प्रदेश कमिटी सदस्य जिल्ला सचिव भएपछि विवाद बढ्यो । प्रदेश कमिटी सदस्यको ुअण्डरुमा बसेर काम नगर्ने भन्दै सबै केन्द्रीय सदस्यले जिल्लाको नेतृत्वको जिम्मेवारीबाट राजीनामा दिए ।

स्कुल विभागमा लफडा

नेकपाका सबै विभागभन्दा पेचिलो बनेको थियो, स्कुल विभाग । नेकपामा स्कुल विभागको लफडा झण्डै जेठको पहिलो सातादेखि सुरु भएको हो । यो टुङ्गिन धेरै समय लाग्यो । यो विभागमा सुरुदेखि अन्त्यसम्म २ वटै समूहको दाबी थियो । जसमा तत्कालीन माओवादी केन्द्रको तर्फबाट नारायणकाजी श्रेष्ठ र एमालेको तर्फबाट ईश्वर पोखरेल । अन्ततः पोखरेलले स्कुल विभाग पाए । नारयणकाजी प्रवक्ता नै रहे ।

१ व्यक्ति १ पद, जवज र २१औँ शताब्दीको जनवादमा बहस

नेकपामा १ व्यक्ति १ पदको बहस यो वर्ष पनि जारी रह्यो । विशेषतः सबैभन्दा पहिला यो कुरा वरिष्ठ नेता माधवकुमार नेपालले उठाएका थिए । यो माग नेपालले उठाए पनि सबैभन्दा फाइदा भने प्रचण्डलाई हुँदै थियो । यो काम कार्यान्वयन गत भदौमा भयो । यो पनि नेकपामा सबैभन्दा बढी उठेको विषय हो ।

अर्को वर्षको सुरुबाट नै जवज र २१औँ शताब्दीको जनवादको बहस तीव्र रूपमा उठ्यो । ईश्वर पोखरेलले जवज बोकेर कार्यकर्ताको माझमा जाने बताए । उता, तत्कालीन माओवादीले यो बहस महाधिवेशनमा गर्नुपर्ने भन्दै अहिले औचित्यहीन रहेको बताए । हुन पनि पोखरेलले स्कुल विभाग पाएपछि यो बहस सेलाएर गयो ।

कुमार पौडेल हत्या

प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका जिल्ला नेता कुमार पौडेको हत्या पनि विवादमा रह्यो । सर्लाही जिल्लाको इन्चार्जसमेत रहेका पौडेलको प्रहरीले असार ५ मा मुठभेडका मारिएको बताए तापनि सत्ता पक्षका युवा विद्यार्थीले नै प्रश्न उठाए ।

मानवअधिकार आयोगले नै पनि छानबिन गरेर भिडन्त नभई कब्जामा लिएर हत्या गरेको रिपोर्ट सार्वजनिक गर्‍यो । तत्कालीन प्रहरी प्रमुखमाथि नै मानवधिकार उल्लंघन गरेको आरोप लाग्यो । सम्बन्धित प्रहरी अधिकारीलाई कारबाही गर्ने मानवअघिकार आयोगले मागसमेत गरेको छ ।

नयाँ शक्ति र संघीय समाजवादी एकता

यो वर्ष राजनीतिमा एकताका कुरा पनि भए । बाबुराम भट्टाईले नेतृत्व गरेको नयाँ शक्ति पार्टी नेपाल र उपेन्द्र यादवले नेतृत्व गरेको संघीय समाजवादी पार्टीबीच एकता भयो । सबै विभाजन मात्र हुन जानेको आरोप लाग्दै आएका दलहरूबीच यी २ पार्टीको एकताले सकारात्मक सन्देश दिएको थियो । यी २ दल एकता भएपछि पार्टी सरकारबाट पनि हट्यो । नयाँ पार्टीको नाम समाजवादी पार्टी रह्यो । एकता २३ वैशाखमा भएको हो ।

महरा प्रकरण

असोजमा संसद सचिवालयकी कर्मचारी रोशनी शाहीमाथि यौन दुर्व्यवहार गरेको अभियोगमा बहालवाला संघीय संसदका सभामुख कृष्णबहादुर महरा पक्राउ परे । महरालाई सरकारी निवास बालुवाटारबाट १९ असोज साँझ पक्राउ गरेको थियो । पक्राउपछि महरालाई ३० दिन प्रहरी हिरासतमा राख्ने भने पनि महरा भने एक दिन मात्र हिरासतमा बसे । २९ दिन नर्भिक अस्पतालमा बसे ।

अदालतले पुर्पक्षका लागि थुन्न आदेश दिएपछि डिल्लीबजारको सदरखोरमा थुनामा बसे । सदरखोरमा महरा १०३ दिन बसे । पुनः जिल्ला अदालतको फैसलाले उनी निर्दोष ठहर गरेपछि ५ फागुनमा रिहा भए । पीडित भनिएकी शाहीले अदालतमा आफूमाथि बलात्कार प्रयास नभएको जिकिरसहित वकपत्र पेस गरेपछि र फरेन्सिक ल्याबको रिपोर्टलाई आधार मानेर महरालाई रिहा गर्ने फैसला जिल्ला अदालतले गरेको हो ।

२३ वर्षपछि चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण

चिनियाँ राष्ट्रपति सी चिनफिङ असोजमा नेपालको २ दिने भ्रमणमा आए । यो नेपालमा भएको चिनियाँ राष्ट्रपतिको २३ वर्षपछिको भ्रमण हो । सी नेपाल भ्रमण आउनुभन्दा पहिला भारतको भ्रमणमा थिए । उनी असोज २५–२६ गते नेपाल भ्रमण गरेका थिए । उनको २ दिने भ्रमणमा नयाँ अध्याय सुरु भएको सरकारले नै बताउँदै आएको छ । सोही क्रममा केही महत्वपूर्ण सम्झौता पनि भएका थिए ।

यती प्रकरण

सरकारी जग्गा यती होल्डिङ्स कम्पनीलाई ५ वर्षअगाडि नै समय थपेको विषयमा विवाद भयो । सरकारले ५ वर्ष समय छँदै यतीलाई गोकर्ण रिसोर्टको जग्गा सस्तोमा लिजमा दिएको आरोप लाग्यो । तर, प्रधानमन्त्री र अन्य मन्त्रीहरूले भने यसको बचाउ गर्दै आएका छन् ।

काठमाडौंको गोकर्णेश्वर नगरपालिकामा रहेको करिब २८ सय रोपनी जग्गा सरकाले २५ वर्षका लागि लिजमा दिएको छ । त्यसपछि सरकारले कुन(कुन ठाउँमा यसरी नै यतीलाई र अन्य समूहलाई दिएको छ भनी व्यापक खोजी भयो । सरकारले धेरै ठाउँको जग्गा लिजमा दिएको भेटियो । सरकारी जग्गा नेपाल ट्रस्टको नाममा छ । यसको प्रमुख रक्षामन्त्री ईश्वर पोखरेल छन् ।

उपनिर्वाचन

यो वर्ष देशका विभिन्न ५२ स्थानमा उपनिर्वाचन भयो, जसमा १ प्रतिनिधिसभा र ३ प्रदेशसभा रहेका थिए । उपनिर्वाचनमा प्रतिनिधिसभा १ सिट, प्रदेशसभा र अन्य स्थानीय तहमा सत्तारूढ नेकपाले विजय हासिल गरेको छ ।

यो निर्वाचनमा ३० स्थानमा नेकपाले जित हात पारेको छ । नेपाली कांग्रेसले १३ स्थानमा जित हात पारेको थियो । धरान उपमहानगरपालिका र भक्तपुर प्रदेशसभाको सिट नेपाली कांग्रेसको लागि फाइदा भयो ।

Bidhya Bhattarai waving to supporters after by-election results declared her the winner in Kaski Constituency 2, in Pokhara, on Sunday. Photo: THT

एमसीसी विवाद

यो वर्ष सबैभन्दा बढी चर्चा भएको विषय एमसीसी पनि हो । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी० नेकपामा र देशमा नै विवादको विषय बन्यो । संसदबाट पारित गर्नुपर्छ भन्नेमा पार्टीभित्रै पनि २ मत देखियो । दुई मत देखिएपछि केन्द्रीय कमिटी बैठकबाट नै झलनाथ खनालको संयोजकत्वमा अध्ययन गर्न कार्यदल नै बनाएको छ ।

तर अहिलेसम्म पनि उक्त सम्झौताबारे सरकार र नेकपाले कुनै निर्णय गरेको छैन । प्रधानमन्त्रीलगायतको १ समूहले यसलाई पास गर्नुपर्छ भन्दै आएको छ भने अर्को समूहले त्यत्तिकै होइन, केही परिमार्जन गरेर मात्पार स गर्न सकिने धारणा राख्दै आएका छन् ।

प्रदेश प्रमुख परिवर्तन

सरकारले यो वर्षमा प्रदेश प्रमुख परिवर्तन गरेको हो । सरकार बन्नुभन्दा पहिला नै तत्कालीन नेपाली कांग्रेसको सरकारले नियुक्त गरेका प्रदेश प्रमुखलाई यो सरकारले अहिले आएर हटाएको हो । अहिले नेकपाले तत्काली एमाले र माओवादी केन्द्रबीच भागबण्डा गरेर प्रदेश प्रमुख नियुक्त गरेको छ । सोमनाथ अधिकारी९प्यासी०, गोविन्द कलौनी, विष्णुप्रसाद प्रसाई, तिलक परियार, अमिक शेरचन, धर्मनाथ यादव, शर्मिला पन्त रहेका छन् ।

राष्ट्रियसभा निर्वाचन

यो वर्ष १९ जना राष्ट्रियसभाका सदस्यको समयावधि सकियो । उनीहरूको ठाउँमा नयाँ सदस्यका लागि निर्वाचन भयो । उक्त निर्वाचनमा सत्तारूढ दलका १६ जना सदस्य विजयी भए । २ जना राजपाका सदस्य विजयी भए ।

१ जना मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले मनोनयन गर्ने संवैधानिक व्यवस्था छ । उक्त पदमा भने अहिलेसम्म कोही पनि मनोनयन भएका छैनन् । नेकपाको सचिवालयले उपाध्यक्ष वामदेव गौतमलाई मनोनयन गर्न सिफारिस गरेको छ । तर, प्रधानमन्त्रीले उक्त सिफारिस नमान्ने बताइसकेका छन् ।

गोकुल बाँस्कोटा प्रकरण

नेकपाको तर्फबाट सभामुख भएका महरा प्रकरण सेलाउन नपाउँदै तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटा काण्ड बाहिर आयो । प्रधानमन्त्री ओलीका विश्वासपात्र मानिएका बाँस्कोटाले सेक्युरिटी प्रेस खरिद गर्ने प्रक्रियामा स्विस कम्पनीका स्थानीय एजेन्ट भनिएका विजयप्रकाश मिश्रसँग ७० करोड कमिसन मागेको अडियो सार्वजनिक भयो । उक्त अडियो प्रकरणपछि बाँस्कोटाले मन्त्री पदबाट राजीनामा दिए ।

प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण

पहिलोपटक मिर्गौला प्रत्यारोपण गरेको १३ वर्षपछि प्रधानमन्त्री केपी शर्मा ओलीको २१ फागुनमा दोस्रो पटक नेपालमा नै मिर्गौला प्रत्यारोपण गरे । शिक्षण अस्पताल महाराजगञ्जमा डा। प्रेमराज ज्ञवालीको नेतृत्वमा नेपाली चिकित्सकहरूले सफल मिर्गौला प्रत्यारोपण गरेका हुन् ।

प्रधानमन्त्रीलाई मिर्गौला भान्जी नाता पर्ने समीक्षा संग्रौलाले दिएकी हुन् । पहिलो पटक मिर्गौला प्रत्यारोपण २०६४ साउनमा भारतको अपोलो अस्पतालमा गराएको हो । पहिलोपटक गरिएको मिर्गौलाले काम गर्न छाडेपछि उनले दोस्रोपटक मिर्गौला प्रत्यारोपण गराएका हुन् ।

दुई राप्रपाबीच एकता

एक पटक जुटेर फुटेका पूर्वपञ्चहरूले पुनस् एकता गरेका छन् । योभन्दा पहिला पनि एकता हुने भनेर जुटेका राप्रपा एकता हुन सकेको थिएन । यो पकट पनि अन्तिममा आएर २८ फागुनमा एकता गरेका हुन् । एकता राप्रपा नेपाल र राप्रपा संयुक्तबीच भएको हो । एकतापछि राप्रपा नेपालमा ३ जना अध्यक्ष छन्, कमल थापा, पशुपति राणा र प्रकाशचन्द्र लोहनी ।