Bagmati Samachar Logo

पक्राउ परे थर्मोगन कालोबजारी गर्ने अर्बपति अग्रवाल

काठमाडौं । २५ चैत । अहिले कोरोना भाइरसका कारण बजारमा स्वास्थ्य सामग्रीको अभाव छ । यो अभाव नेपालमा मात्र होइन विश्वभरी नै छ ।
यही मौका छोपेर बजारमा सर्जिकल मास्कदेखि ह्याण्ड सेनिटाइजरको कालो बजारी बढेको छ ।

पक्राउ पर्नेहरूमा अधिकांश बिचौलीहरू थिए । प्रहरी यसरी महामारीको समयमा ठूला व्यापारी घरनाका व्यत्तिबाट पनि कालो बजारी हुन्छ भन्नेमा सचेत थियो । जुन मंगलबारको घटनाले पुष्टि गर्‍यो ।

प्रहरीको ‘कोभर्ट अप्रेसन’

दुई दिनअघि नै महानगरीय अपराध महाशाखामा एउटा सूचना आयो । नेपालको ठूलो व्यावसायीक घरनाका व्यक्ति नै कालो बजारीमा लागेका छन् । प्रहरीले सूचना भेरिफाइ गर्न लाग्यो ।

यसरी कालोबजारी गर्नेमा जगदम्बा ब्रान्डका कार्यकारी निर्देशक तथा नेपालका लागि कीर्गिस्थानका अवैतानिक वाणिज्यदूत सुलभ अग्रवाल थिए ।
सूचना भेरिफाई गरेको महाशाखाको टोलीले अग्रवालसँग ‘डिल’ सुरु गर्न थाल्यो ।

त्यसको लागि अग्रवालले मोबाइलबाट होइन सामाजिक सञ्जाल ‘वाट्सएप’ मार्फत कुरो गर्ने सर्त राखे । उनको सर्तलाई महाशाखाको टोलीले ‘ओके’ भन्यो र ‘वाट्सएप’ मार्फत नै अग्रवालसँग प्रहरीले ‘डिल’ गरेको महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले बताए ।

‘हामीलाई अर्बपति अग्रवालले यसरी महामारीका बेला मेडिलक सामग्रीमा कालोबजारी गर्लान भन्ने लागेको थिएन,’ एससपी थापाले थपे, ‘जब सूचना भेरिफाइ गरेर ‘वाट्सएप’मार्फत कुरा गर्ने सर्त रोखे हामी कन्फर्म भयौँ ।’

यसरी परे पक्राउ

सुलभ अग्रवालसँग करिब १ सय ज्वरो नाप्ने ‘थर्मेमिटर गन’ थोयो । बजारमा करिब ३ हजारदेखि ५ हजार मूल्य पर्ने उक्त थर्मोगनको मूल्य उनले सुरुमा प्रतिगोटा २० हजार राखेका थिए ।

जगदम्बा स्टिलका सञ्चालक सुलभ अग्रवाल पक्राउ, स्वास्थ्य सामग्री कालोबजारी गरेको आरोप
तर, मेडिल सप्लार्सको भेषमा कुरा गरिरहेका प्रहरी अधिकारीहरूले उनलाई प्रतिगोटा १५ हजारको हिसाबमा ओके गराए । लेनदेनको कुरा सुरु भयो ।

प्रहरीले चेक दिने प्रस्थाव गरे । तर, अग्रवालले मानेनन् । ह्याण्ड क्यास नै हुनु पर्ने उनको माग थियो । उता, प्रहरी गाउँपालिका र नगरपालिकाको माग भएको भन्दै उनलाई फकाउन खोजिरहेको थियो ।

मंलगबार १ सय थान किन्न पैसा नपुगेको र १० लाख मात्र भएको भन्दै उनले प्रहरीलाई १५ हजारको हिसाबले ६७ थान थर्मोगन लिएर प्रहरीले भनेको स्थान नक्साल पुगेपछि प्रहरीले समानसहित पक्राउ गरेको हो ।

अग्रवाल कूटनीतिक नम्बर प्लेट भएको २०९ एचसीसी १ नम्बरको गाडीसहित पक्राउ परेका हुन् । उनीलाई कालोबजारी कसुरअन्तर्रग बुधबार जिल्ला प्रसाशन कार्यालय बुझाउने महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले बताए ।