Bagmati Samachar Logo

कोरोना उपचार कोषमा सांसदहरुले दिए १ करोड

काठमाडौं । २५ चैत । संघीय संसद सचिवालयले प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्षलगायतको चैत महिनाको तलबबाट कोरोना भाइरस उपचार कोषमा रकम जम्मा गरेका छन् ।

सचिवालयले सभामुख, अध्यक्ष उपाध्यक्ष, नेकपाका सांसद सचिवालयका कर्मचारी लगाएको कोष कट्टी गरी एक करोड एक लाख ३२ हजार ८०० रूपैयाँ कोरोना भाइरस उपचार कोषमा जम्मा गरेको जानकारी दिएको हो ।

सभामुख अग्निप्रसाद सापकोटाको र राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाको समान ६७ हजार ३२० रुपैयाँ कोष कट्टी भएको छ भने उपाध्यक्षको ७० हजार ७३० रुपैयाँ कोष कट्टी गरिएको छ ।

सचिवालयका अनुसार सभामुख र अध्यक्षबाहेकको तलब साउन १ गतेबाट वृद्धि भएकाले सभामुख र अध्यक्ष तलबभन्दा उपाध्यक्षको तलब बढी देखिएको हो ।
नेकपाका १९५ जना सांसदको ६३ लाख दुई हजार ५९० रुपैयाँ कट्टी भएको छ । संघीय समाजवादी फोरमका सांसद प्रदीप यादवको ६४ हजार ७० रुपैयाँ, सांसद दुर्गा पौडेल ३२ हजार ३५ रुपैयाँ, सभामुख, अध्यक्ष र सांसदको निजी सचिवालयका कर्मचारीबाट २१ लाख ४६ हजार ८५६ हजार कोरोना भाइरस उपचार कोषमा जम्मा गरिएको सचिवालयले जनाएको छ ।

त्यसैगरी, सचिवालयका स्थायी कर्मचारीहरूबाट ११ लाख १७ हजार ९७९ हजार, सचिवालयका करार कर्मचारीहरूबाट २ लाख ६३ हजार ९०० रुपैयाँ गरी कूल एक करोड एक लखा ३२ हजार ८०० रुपैयाँ कोरोना भाइरस उपचार कोषमा जम्मा गरिएको हो ।