Bagmati Samachar Logo

सीमामा अलपत्र नेपालीको उद्धार गर्ने आदेश दिन सर्वोेच्चद्वारा अस्वीकार

काठमाडौ । २० चैत । लकडाउनको समयमा सीमानाका आयपुगेर पनि नेपाल प्रवेश नपाएका नेपालीलाई प्रवेश गराउन आदेश माग गर्दै परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

भारतबाट नेपाल आउन चाहने नेपालीहरू सीमामा अलपत्र परेको भन्दै उनीहरूलाई प्रवेश दिनुपर्ने भन्दै अधिवक्ता मनिषकुमार श्रेष्ठले हालेको रिटमा बिहीबार छलफल भएको थियो ।

न्यायाधीश हरिकृष्ण कार्कीको इजलासले अन्तरिम आदेश दिन नमाने पनि दुवै पक्षलाई छलफलका लागि २४ चैतमा बोलाइएको छ ।

बिहीबार जारी गरेको सर्वोच्चको आदेशमा भनिएको छ ञनिवेदनको संवेदनशीलतालाई मध्यनजर गरी दुवै पक्षलाई छलफलमा राखी अन्तरिम आदेशको सन्दर्भमा निर्णय गर्न उपयुक्त हुने देखिएकोले २४ चैतमा अन्तरिम आदेश छलफलको पेशी तोकी प्रस्तुत निवेदन नियमाअनुसार पेस गर्नू ।झ