Bagmati Samachar Logo

विप्लवका माइलो दाई जयन्द्र चन्द पक्राउ

हेटौडा । १० चैत । प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी विप्लवका दाई चयन्द्र चन्द प्रहरीले जाउलाखेलबाट पक्राउ गरेको छ ।
पक्राउ परेका चन्द नेपाल गणतान्त्रीक खेलकुद महासंघका अध्यक्ष हुन ।
प्रहरील चन्द लगायत ६ जननालाई हिजो राती ललितपुरको जाउलाखेलबाट पक्राउ गरेको हो । ६ जनालाई थप अनुसन्धानकोलागि सेफ हाउसमा राखेको प्रहरी स्रोतले बताए ।
चन्द लामो समय देखि विप्लव निकट खेलकुद महासंघको अध्यक्ष थिए । उनी २०६४ साल देखि नै महासंघको अध्यक्ष हुन् । विप्लवका तीन भाइमध्य जेठो दाई चन्द्रबहादुर चन्द विरजंग दाङबाट पक्राउ परेका थिए । उनी नेकपाको मध्य कमाण्ड इन्चार्ज थिए । उनीहरुलाई राप्ती व्युरोको बैठक बसीरहेको अवस्थामा २९ असोजमा दाङबाट पक्राउ गरेको थियो । विरजंग सहित २१ जना विप्लवका नेता कार्यकर्ता प्रहरीले पक्राउ गरेको थियो ।
हिजो राती ललितपुरबाट विप्लवका माइलो दाई पक्राउ गरेको छ । उनलाई विप्लव निकट रहेको आशंकामा प्रहरीले पक्राउ गरेको प्रहरी स्रोतले बताए ।