Bagmati Samachar Logo

तनहुँकाे आँबुखैरेनीमा बस दुर्घटना, १३ घाइते

हेटौडा । ९ चैत ।तनहुँकाे आँबुखैरेनीमा आज साँझ पोखराबाट दाङ जाँदै गरेको बस दुर्घटना भयकाे छ । जिल्ला प्रहरी कार्यालय तनहुँले ना ५ ख ४२९४ नम्बरको बस साँझ ६ बजेर १० मिनेटमा आँबुखैरेनीमा दुर्घटनामा परेको बताएकाे हाे ।

घटनास्थलमा उद्धार टाेली पुगिसकेकाे र उद्धार कार्य भइरहेकाे प्रहरीले जनाएकाे छ । प्रहरीले दिएकाे जानकारीअनुसार दुर्घटनाका घाइतेमध्ये १३ जनालाई छिन्तेश्वरी अस्पतालमा पुर्‍याइसकिएकाे र अन्य विवरण आउन बाँकी रहेकाे छ ।