Swornakshar Logo

हेटौंडाबाट नौ लाख भारतिय रुपैयाँ सहित दुईजना पक्राउ

हेटौंडा । ५ चैत । मकवानपुरको हेटौंडा १५ बाट प्रहरीले ९ लाख अबैध भारतीय रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा भारत बैरातपुरको पैरोसव बस्ने ३१ वर्षीय बिजय चौधरी र भारत नहेटीको ग्राम पञ्चायत माउत पुर बस्ने ३८ वर्षीय शंकर सरकार रहेका छन् ।

उहाँहरुलाई इलाका प्रहरी कार्यालय पशुपतिनगर मकवानपुरबाट खटिएको प्रहरी निरीक्षक अरुण कुमार कुशवाहको चेकिङ टोलीले बुधबार आज बिहान ५ बजे हेटौंडा–१५ रातोमाटेबाट पक्राउ गरेको जनाएको छ ।पश्चिमबाट बिरगंजतर्फ जाँदै गरेको डब्लुबी २३ इ २३३३ नम्बरको भारतीय बोलेरो गाडिलाई रोकी चेकजाँच गर्ने क्रममा भारु ९ लाख उनानसय हजार रुपैयाँ फेला परेपछि निजहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीका अनुसार, दुबै जनालाई पक्राउ गरी आवश्यक अनुसन्धान तथा कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारा पठाउने कार्य भईरहेको छ ।