Bagmati Samachar Logo

नेकपा सचिवालय बैठकले दियो प्रधानमन्त्री ओलीलाई बधाई

काठमाडौं । ५ चैत । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाई, चिकित्सक र मृगौलादातालाई धन्यवाद दिएको छ ।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहाकार सुर्य थापाका अनुसार बुधबार प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा बसेको नेकपा सचिवालय बैठकमा मृगौलाको सफल प्रत्यारोपणको लागि प्रधानमन्त्रीलाई बधाई, चिकित्सक र मृगौलादातालाई धन्यवाद दिएको हो ।

फागुन २१ गते त्रिवि शिक्षण अस्पतालमा प्रधानमन्त्री आलीको दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरिएको थियो । प्रधानमन्त्री ओलीलाई भाञ्जी समीक्षा संग्रौलाले मृगौला दिएकी थिइन् । थापाले सामाजिक सञ्जाल फेसबुकमार्फत उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समितिले कोरोनाको संक्रमणलाई मध्यनजर गरी एसईई परीक्षा रोक्नेलगायतका निर्णय गरेकोप्रति बैठकले प्रशंसा गरेको जनाएका छन् ।

बैठकमा सबै सचिवालय सदस्यहरुले मास्क लगाएका थिए । यसअघि अस्पतालबाट डिस्चार्ज हँदा होस् वा सार्क राष्ट्रबीचको भिडियो कन्फरेन्सका लागि प्रधानमन्त्रीको कार्यालय सिंहदवार आउँदा प्रधानमन्त्री ओलीले मास्क लगाएका थिएन । यस्तै नेताहरुसँगको भेटघाटमा पनि उनले मास्क प्रयोग गरेको देखिएको थिएन । आज भने प्रधानमन्त्री ओलीले पनि मास्क लगाएका थिए ।