नेपाली ९० हजार नक्कली रुपैयाँसहित २ जना पक्राउ

५ चैत । काठमाडौं । ९० हजार नक्कली नेपाली रुपैयाँसहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रामेछाप खाँडादेवी गाउँपालिका– १ का ढकालबहादुर तामाङ र सार्की तामाङ रहेका छन् । उनीहरूलाई रामेछाप इलाका प्रहरी कार्यालय खाँडादेवीको टोलीले पक्राउ गरेको हो ।
प्रहरीले उनीहरुबाट १ हजार दरका ९० हजार रुपैयाँ बराबरका नोट बरामद गरेको छ ।
उनीहरूलाई विशेष सूचनाको आधारमा पक्राउ गरिएको खाँडादेवी प्रहरीले बताएको छ ।
प्रतिक्रिया दिनुहोस्: