Bagmati Samachar Logo

कोरोना भाइरस जित्दाको क्षण (फोटो फिचर)

एजेन्सी
काठमाडौं । २९ फागुन । सन् २०१९ को डिसेम्बरमा चीनको हुबेई प्रान्तको वुहानमा कोरोना भाइरस(कोविड १९ )को संक्रमण देखियो ।


यो भाइरसका कारण अहिले विश्वभरी १ लाख २७ हजारभन्दा बढी संक्रमित भएकोमा ४ हजार ७ सय १७ जनाको मृत्यु भइसकेको छ भने ६८ हजारभन्दा बढी निको भएर घर फर्किएका छन् ।

यसरी कोरोना भाइरसबाट संक्रमित हुने, मृत्यु हुने र निको हुनेमा वुहानकै सबैभन्दा धेरै छन् । कोरोना भाइरसको महामारी सुरु भएपछि चीनले १० दिनमा १ हजार शैय्याको अस्पताल निर्माण गरेर संक्रमितको उपचार सुरु ग¥यो ।

५ फेब्रुअरीमा पहिलो टोलीको उपचार सुरु गरेको सो अस्पतालले १० मार्चमा ४९औं टोलीको उपचार सकाएको छ । वुचाङ फ्याङकाई अस्पतालले ३५ दिनको युद्धस्तरको उपचारपछि आफ्नो कार्य तत्काललाई स्थगनको घोषणा गरेको छ ।

वुहानका सबै १६ क्याबिन अस्पताल बन्द भएका छन् । जसले १२ हजार संक्रमितलाई पूर्ण निको बनाएका छन् । यो उपचारको लामो अभियान सफलतापूर्वक सम्पन्न गरेर जाने क्रममा केही रोमान्चक दृश्य देखिए ।

अस्पताल छाड्ने क्रममा संक्रमण मुक्त भएका व्यक्तिहरु र चिकित्सकहरु विदाई हुँदै गरेको भावुक क्षणहरुलाई झाङ वुजुनले यसरी कैद गरेका छन् ।

तस्बिर साभारः पिपुल्सडटसीएन