Swornakshar Logo

गीता छुँदै कमल थापाको कसमः अब पार्टी फुट्दैन

२८ फागुन । काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले अब पार्टी नफुटाउने कसम खाँदै भगवान पशुपतिनाथलाई साक्षी राखेर भागवात गीता’ पुस्तक समेत छोएका थिए ।

राष्ट्रियसभा गृहमा बुधबार आयोजित राप्रपा र राप्रपा संयुक्तको एकीकरण समारोहमा राप्रपा काठमाडौंका जिल्ला सचिव हरि प्रसाद अघिकारी पार्टी नफुटाउने कसम खान माग गर्दै गीता बोकेर मञ्चमा पुगेका थिए ।

तपाईंहरूलाई विश्वास नलागे यो गीता हातमा राखेर कसम खान्छु कहिले पनि पार्टी फुटाउने छैन् । गीता हातमा राखेर थापाले भने
राप्रपालाई कदापी फुट्न दिने छैन् ।

विगतमा पार्टी विभाजनपछि भोग्नुपरेका पीडाहरू शब्दमा बयान गर्न नसकिने बताउँदै उनले विगतमा पार्टी कसले र किन फुटायो भनेर आरोप प्रत्यारोप गर्नुभन्दा नयाँ संकल्प र उत्साहका साथ अगाडि बढ्नुपर्नेमा जोड दिए ।

अब पार्टी फुट्दैन र फुट्न दिन्नौँ भन्ने प्रतिज्ञा गर्दै स्वाभिमानी कार्यकर्ता हुने हो भने तपाईंहरुले पनि संकल्प गर्नुपर्‍यो, नेताको पछाडि होइन नीतिको पछाडि र व्यक्तिको पछाडि होइन, विचारको पछाडि लाग्नुपर्छ भन्ने भावनाको विकास गर्नुपर्छ थापाले भने ।

पहिले पार्टीमा म एक्लै नेतृत्वमा थिएँ । एकतापछि पार्टीमा दुई अध्यक्ष थपिँदा बोझ घटेको छ, पार्टी सञ्चालन गर्न पनि सहज हुन्छ’, थापाको भनाइ थियो ।

पार्टी एकता कुनै शक्तिकेन्द्रको, कुनै स्वदेशी वा विदेशी शक्तिको दवावमा नभएको स्पष्ट पार्दै यो एकता कार्यकर्ताको भावना र चाहनाअनुसार भएको थापाले बताए ।