Swornakshar Logo

अर्थमन्त्री युवराज खतिवडाद्धारा राजीनामा

२० फागुन । काठमाडौं । मंगलबार सञ्चारमन्त्रीको समेत भूमिकामा रहेका अर्थमन्त्री डा. युवराज खतिवडाले पदबाट राजीनामा दिएका छन् ।

राष्ट्रियसभा सदस्यमा दुई वर्षे कार्यकाल पूरा भएसँगै खतिवडाले मुख्यसचिव लोकदर्शन रेग्मीमार्फत राष्ट्रपतिसमक्ष राजीनामा दिएका हुन् । उनको राजीनामापत्र राष्ट्रपति कार्यालय पुगिसकेको छ ।

तर राजीनामा पछिपनि खतिवडालाई अरु ६ महिना अर्थमन्त्रीको जिम्मेवारी दिने नेकपाको तयारी छ ।

सांसद नभएको व्यक्ति ६ महिनासम्म मन्त्री हुन पाउने संवैधानिक व्यवस्था अनुसार राजीनामा लगत्तै प्रधानमन्त्री केपी ओलीले खतिवडालाई मन्त्रीमा पुनर्नियुक्त गर्नसक्ने कानुनी व्यवस्था रहेको नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले बताए ।