Swornakshar Logo

आफ्नो विवाहको दिन दुलही मन्डपबाट उठेर परीक्षा दिन गएपछि

१७ फागुन । काठमाडौं । संसारमा कहिले काँहि पत्यार नलाग्ने घटनाहरु घटिरहेका हुन्छन् । एउटा यस्तै भारतको महाराष्ट्रको औरंगावाद भन्ने ठाउँमा १२ कक्षा पढ्दै गरेकी युवती आफ्नो विवाहको दिन मन्डपबाट उठेर परीक्षा दिन पुगेकि छिन् । २० वर्षकी रेणुका पावर आफ्नो विवाहमा १२ कक्षाको अर्थशास्त्र विषयको परीक्षा दिन गएकी हुन् ।

रेणुकाले आफ्नो परीक्षाको दिन विवाहको मिति नतोक्न पहिले नै परिवारलाई अनुरोध गरिरहेकि थिइन् । तर, उनको कुरा कसैले सुनेन । त्यसैले उनी विवाहको दिन विहान मन्डपबाटै परीक्षा दिन पुगिन् । परीक्षा सकाएर आउँदा उनलाई त्यहाँ भव्य स्वागत गरिएको र उनको र शंकर नामका युवाको विवाह भएको भारतीय सन्चारमाध्यममा समाचार छ ।