Swornakshar Logo

७० करोडको अडियो सार्वजनिक गर्ने मिश्रविरुद्ध बाँस्कोटाद्वारा अदालतमा मुद्दा दायर

१६ फागुन । काठमाडौं । पूर्व सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले न्याय माग्दै जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेका छन् । आफूविरुद्ध झुठा लाञ्छना लगाइएको र गाली बेइज्जति भएको भन्दै सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा कमिशनको डिल भएको भनिएको अडियो सार्वजनिक गर्ने विजय मिश्रविरूद्ध आफ्ना प्रतिनिधिमार्फत मुद्दा दायर गरेका हुन् ।

उक्त टेप सार्वजनिक भएको भोलिपल्टै अर्थात गत साता बिहीबार बाँस्कोटाले मन्त्री पदबाट राजीनामा दिएका थिए ।