Swornakshar Logo

राष्ट्रियसभा सदस्यमा बामदेवलाई मनोनयन गर्ने नेकपाको निर्णय

१४ फागुन । काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले राष्ट्रियसभा सदस्य पदमा उपाध्यक्ष बामदेव गौतमलाई मनोनित गर्ने निर्णय गरेको छ ।

प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले उपाध्यक्ष
गौतमलाई पार्टीका तर्फबाट राष्ट्रिय सभा सदस्यमा मनोनित गर्न सरकारलाई सुझाव दिने निर्णय गरेको हो ।

राष्ट्रपतिबाट मनोनित सदस्य युवराज खतिवडाको आगामी फागुन २० पछि कार्यकाल सकिँदैछ । सोही स्थानमा उपाध्यक्ष गौतमलाई मनोनित गर्न नेकपाले सरकारलाई सिफारिस गर्न सुझाव दिएको हो । त्यस्तै बैठकमा संविधान संशोधन गर्न गठन गरेको कार्यदलका बारेमा पनि छलफल भएको छ ।

प्रवक्ता श्रेष्ठका अनुसार कार्यदल अघि नबढाउने भन्ने निर्णय भएको बताइएको छ ।

वालुवाटारमा बसेको बैठकले विवादित अमेरिकी सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताबारे भने कुनै निर्णय गर्न सकेन ।

यसअघि उपाध्यक्ष गौतमले प्रधानमन्त्री बन्नेगरी संविधान संशोधन हुने भएमात्रै आफू राष्ट्रियसभामा जाने बताएका थिए ।