Swornakshar Logo

प्रधानमन्त्री ओलीको जन्मदिन बालुवाटारमा

११ फागुन । काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो ६९औं जन्म दिन बालुवाटारमा मनाएका छन् । बालुवाटारमा उप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेल, नेकपाका उपनेता सुवासचन्द्र नेम्वाङलगायत नेता र कर्मचारीका साथमा ओलीले जन्मदिन मनाएका हुन् ।

प्रधानमन्त्रीलाई थाहै नदिई सचिवालयका नेताहरू बालुवाटार पुगेका थिए । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भने प्रधानमन्त्रीज्यूलाई थाहै नदिई सचिवालयका नेताहरू आउनुभयो र जन्मदिनको शुभकामनासँगै केक काटिदिनुभयो । साथै प्रधानमन्त्री ओलीलाई शुभेच्छुकहरुले निवासमै पुगेर बधाई तथा शुभकामना दिएका छन् ।

प्रधानमन्त्री ओली आजै जन्मदिन मनाउन तेह्रथुमको आठराइ जाँदैछन् ।