निवर्तमान सञ्चारमन्त्री बाँस्कोटाविरुद्ध अख्तियारमा उजुरी

११ फागुन । काठमाडौं । पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आइतबार उजुरी परेको छ ।
सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रक्रियामा स्वीस कम्पनीका एजेन्ट विजयप्रकाश मिश्रसँगको ७० करोड कमिसन मागेको अडियो सार्वजनिक भएपछि उनलाई भ्रष्टाचारको गरेको भन्दै अनुसन्धान गरी कारबाही गर्न माग गरिएको अख्तियार स्रोतले बतायो ।
बाँस्कोटाविरुद्ध सुनसरीका प्रितम सुवेदी र दोलखाका विजयबाबु शिवाकोटीले उजुरी दर्ता गराएका हुन् ।
अडियो सार्वजनिक भएलगत्तै बास्कोटाले मन्त्री पदबाट राजीनामा दिइसकेका छन् ।
प्रतिक्रिया दिनुहोस्: