Swornakshar Logo

हेटौंडामा बागमती प्रदेश स्तरिय सुरक्षा गोष्ठी सुरु

१० फागुन । हेटौंडा । बागमती प्रदेशस्तरीय दुई दिने सुरक्षा गोष्ठी हेटौंडामा सुरु भएको छ । गोष्ठी गृहमन्त्रालय काठमाडौं र प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयको आयोजनामा सुरु भएको हो ।

प्रदेशका १३ वटै जिल्लाका नेपाली सेना, नेपाल प्रहरी, ससस्त्र प्रहरी, राष्ट्रिय अनुसंधानका प्रमुखहरु, प्रदेशस्तरका सुरक्षा निकायका प्रमुखहरु लगायतकाको सहभागिता रहेको गोष्ठी बागमती प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जमकट्टेलको अध्यक्षतामा सुरु भएको छ ।

सुरक्षा गोष्ठीमा प्रदेशका १३ वटै जिल्लाको शान्तिसुरक्षाको अवस्था, नागरिकता, पासपोर्ट वितरण, अपराध नियन्त्रणको लागि विभिन्न योजना र उपाय, चीन र नेपालको सीमाना सम्बन्धि समस्या समाधानको लागि समिक्षा हुनेछ ।

गोष्ठीको समापनको लागि गृहमन्त्री रामबहादुर थापा आउने र बागमती प्रदेशभित्रको सुरक्षा रणनीतिका बारेमा गृहमन्त्री थापाले विशेष निर्देशन दिने मन्त्री जम्मकट्टेलले बताए ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयका अनुसार गोष्ठीमा गृहमन्त्रालयको सचिव महेश्वर न्यौपाने, नेपाल प्रहरी, सशस्त्र प्रहरीका आइजीपी, राष्ट्रिय अनुसन्धान विभाकको प्रमुख र नेपाली सेनाको उच्चस्तरीय सुरक्षा अधिकृतहरुको सहभागिता रहने छ ।