Swornakshar Logo

बाँस्कोटाको राजीनामापछि सञ्चार मन्त्रालयको जिम्मा अर्थमन्त्री खतिवडालाई

८ फागुन । काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले राजीनामा दिएसँगै सूचना तथा सञ्चार प्रविधि मन्त्रालयको कार्यभार सम्हाल्ने जिम्मा अर्थमन्त्री युवराज खतिवडाले पाएका छन् ।

बिहीबार मन्त्री बाँस्कोटा ७० करोड रुपैयाँ कमिसन वार्गेनिङ गरेको अडियो सार्वजनिक भएलगत्तै मन्त्री गोकल बाँस्कोटाले राजीनामा दिएपछि सो स्थानमा खतिवडालाई जिम्मेवारी तोकिएको राष्ट्रपति कार्यालयले बिज्ञप्ति जारी गरेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बाँस्कोटाले सम्हाल्दै आएको सूचना तथा सञ्चार प्रविधि मन्त्रालयको जिम्मेवारीमा खतिवडालाई तोकिएको राष्ट्रपति कार्यालयले बताएको छ ।

बाँस्कोटाले नै सम्हालेको सहरी विकास मन्त्रालयको जिम्मेवारी भने भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्त कुमार नेम्वाङलाई दिइएको छ ।