Swornakshar Logo

सञ्चारमन्त्री बाँस्कोटाले दिए राजीनामा

८ फागुन । काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले राजीनामा दिएका छन् । बिहिबार मन्त्री बाँस्कोटाले ट्वीट गर्दै राजीनामा दिएको घोषणा गरेका हुन् ।
उनले ट्वीटमा भनेका छन्, मेरो बारेमा प्रश्न उठेकोले सम्माननीय प्रधानमन्त्रीज्यू समक्ष नैतिकताको आधारमा मन्त्री पदबाट राजीनामा दिएको जानकारी गराउँदछु । धन्यवाद ।

बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले मन्त्री बाँस्कोटाले राजीनामा दिएको जानकारी आफूले पाएको जिकिर गर्दै यसबारे लिखित जानकारी आउने विश्वास व्यक्त गरेका थिए ।

प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसले प्रतिनिधिसभा बैठकमा अवरोध गरेपछि सभामुख सापकोटाले मन्त्री बाँस्कोटाको राजीनामाबारे जानकारी गराएका थिए ।