सञ्चारमन्त्री बाँस्कोटालाई राजीनामा दिन प्रचण्डको सुझाव, बाँस्कोटालाई प्रधानमन्त्रीले बोलाए बालुवाटार
८ फागुन । काठमाडौं । सञ्चारमन्त्री गोकुल बाँस्कोटा ७० करोड रुपैयाँ कमिसनमा मुछिएपछि बिहीबार बिहान प्रधामन्त्री निवास बालुवाटारमा भएको प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीचको छलफलमा प्रचण्डले सञ्चारमन्त्री बाँस्कोटाले राजीनामा दिँदा ठीक हुने भन्दै बाँस्कोटाको राजीनामा गराउन प्रधानमन्त्रीलाई सुझाव दिएको बालुवाटार स्रोतले बताएको छ ।
यसैबीच प्रधानमन्त्री ओलीले सञ्चारमन्त्री बाँस्कोटालाई बालुवाटार बोलाएका छन् । ओलीले बाँस्कोटालाई बोलाएर राजीनामा दिन निर्देशन दिन्छन् या के गर्छन् त्यसको नतिजा आउने नै छ।
सेक्युरिटी प्रिन्टिङ प्रेस मेसिन खरिदबारे सञ्चारमन्त्री गोकुल ७० करोड बढीको कमिसन डिल गरेको दावीसहितको अडियो बुधबार बेलुका बाहिरिएको थियो ।
प्रिन्टिङ प्रेस सम्बन्धी स्वीस कम्पनीका एजेन्ट विजय प्रकाश मिश्र सो अडियो लिक गराएका हुन् । यो अडियो बाहिरिएपछि सञ्चारमन्त्रीमाथि राजीनामा दिन चौर्तफी दवाव परेको छ ।
प्रतिक्रिया दिनुहोस्: