Swornakshar Logo

सञ्चारमन्त्री बाँस्कोटाको ७० करोड घूसको डिलको अडियो बाहिरिए पछि ओली–प्रचण्डबीच छलफल

८ फागुन । काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले ७० करोड घूसको डिल गरिरहेको अडियो सार्वजनिक भएलगत्तै प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)बीच बालुवाटारमा भेटवार्ता भएको छ ।

भेटवार्ताबीच सञ्चारमन्त्री बाँस्कोटाको भिडियो प्रकरणबारे छलफल भएको बुझिएको छ । स्रोतका अनुसार मन्त्री बाँस्कोटालाई राजीनामा दिन लगाउने या के गर्ने भन्ने विषयमा ओली र प्रचण्डवीच कुराकानी भएको बताइएको छ ।

बिहीबार बिहान पौने ११ बजे अध्यक्ष प्रचण्ड बालुवाटार पुगेका हुन् । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका लागि मन्त्री बाँस्कोटाले स्वीस कम्पनीको नेपालस्थित एजेन्टसँग ७० करोड घुसका लागि डिल गरेको अडियो गएराति सार्वजनिक भएको थियो ।