Swornakshar Logo

नेपालको प्रजातन्त्र सार्थक हुन सकिरहेको छैनःज्ञानेन्द्र शाह

६ फागुन । काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले नेपालको प्रजातन्त्र सार्थक हुन नसकिरहेको बताएका छन् । ७० औँ प्रजातन्त्र दिवसको अवसरमा एक शुभकामना सन्देश जारी गर्दै पूर्वराजा शाहले आफ्नो देशदर्शन र वैदेशिक भ्रमणका क्रममा नेपालको प्रजातन्त्र जनजीवनको उत्थान, उमंग र उत्साहमा सार्थक हुन नसकिरहेको प्रतिक्रिया आउने गरेको बताएका हुन् ।

प्रजातन्त्र केही टाठाबाठाको लागि मात्रै नभएको भन्दै उनले सिंगो देश र जनताका लागि प्रतिफलकारी हुनुपर्ने बताएका छन् ।

शाहले प्रजातन्त्रका निम्ति त्याग, उत्सर्ग र योगदान गर्ने सबैको स्मरण समेत गरेका छन् । पूर्वराजा शाह हाल भ्रमणको सिलसिलामा भारतमा रहेका छन् ।