Swornakshar Logo

निवर्तमान उपसभामुख शिवमाया कानुनमन्त्री बन्ने

५ फागुन । काठमाडौं । निवर्तमान उपसभामुख शिवमाया तुम्बाहाङ्फे कानुनमन्त्री हुने भएकी छन् ।

शिवमायालाई प्रधानमन्त्री केपी ओलीले रिक्त रहेको कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी दिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए । थापाका अनुसार तुम्बाहाङ्फेलाई सोमबार साढे तीन बजे शपथ ग्रहण गराउने तयारी भएको छ ।

शिवमायाले सभामुखमा दाबी गरे पनि नेकपा सचिवालयले उनलाई नदिएर अग्नि सापकोटालाई सभामुख बनाउने निर्णय गरेपछि उनी असन्तुष्ट बनेकी थिइन् ।