Swornakshar Logo

महराविरुद्धको मुद्दामा बहस सकियो, अन्तिम निर्णय सोमबार

४ फागुन । काठमाडौं । जबर्जस्ती करणी प्रयासको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वसभामुख कृष्णबहादुर महरा पक्षका अधिवक्ताहरूको बहस सकिएको छ ।

काठमाडौं जिल्ला अदालतमा महराका पक्षमा वरिष्ठ अधिवक्ताहरू लवप्रसाद मैनाली, रमणकुमार श्रेष्ठ, शेरबहादुर केसी, डा। भीमार्जून आचार्य र सबिता भण्डारी बराल तथा अधिवक्ताहरू सुशील सापकोटा, मुरारी सापकोटा, डा. दिनमणि पोखरेलले बहस गरेका हुन् ।

सरकारी अधिवक्ताहरूको बहस सकिएपछि महरा पक्षका अधिवक्ताहरूको बहस सुरु भएको थियो । काठमाडौं जिल्ला अदालतले अन्तिम निर्णय भने सोमबार गर्ने भएको छ ।

संसद सचिवालयकी महिला कर्मचारीमाथि बलात्कार प्रयास गरेको आरोपमा १९ असोजमा महरालाई प्रहरीले पक्राउ गरेको थियो । त्यसको करिब एक महिना अर्थात् १८ कात्तिकमा जिल्ला अदालत काठमाडौंले महरालाई पुर्पक्षका लागि थुनामा पठाएको थियो ।