Swornakshar Logo

नेपालीहरुको उद्धारका लागि चीन उड्यो वाइडबडी जहाज

३ फागुन । काठमाडौं । चीनको वुहानमा रहेका नेपालीहरुको उद्धारका लागि नेपाल वायुसेवा निगमको वाइडबडी जहाज चीन उडेको छ । नेपालीलाई ल्याउन शनिबार दिउसो ४ बजेर १ मिनेटमा काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाटवाइडबडी जहाज वुहानका लागि उडेको हो ।

उक्त जहाजमा १ विदेशी र १ नेपाली गरी दुई जना पाइलट, ६ जना क्याबिन क्रु, १ जना इन्जिनियर, १ जना फ्लाइट डिस्प्याचर, १ जना लोड मास्टर र ४ जना नेपाली सेनाका चिकित्सक रहेको बताइएको छ ।

चीनमा रहेका नेपालीहरु वुहान एयरपोर्टमा जम्मा भइसकेको बताइएको छ । नेपाली समयअनुसार राति ११ बजे नेपालीहरुलाई लिएर वुहानबाट जहाज काठमाडौं फर्कनेछ ।

उनीहरुलाई आइतबार बिहान सवा २ बजे विमान काठमाडौंमा अवतरण गर्ने तालिका रहेको छ । स्वास्थ्य परिक्षणका लागि चीनबाट फर्किएका १८२ जनालाई १४ दिन भक्तपुरको खरिपाटी अवस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्रमा राखिने भएको छ ।