Swornakshar Logo

फाँसीको सजाय रोक्न अदालतको आदेशः निर्भया बलात्कार प्रकरण

१७ माघ । काठमाडौं । शुक्रबार दिल्लीस्थित पटियला हाउस अदालतले निर्भया बलात्कार हत्याकाण्डका आरोपीलाई सुनाइएको फाँसीको सजाय रोकेको छ ।

बलात्कार हत्याकाण्डमा मुकेश सिंह, विनय शर्मा, अक्षयकुमार र पवन गुप्तालाई दोषी ठहर गर्दै फाँसी दिने फैसला सुनाइएको थियो । चारै जनालाई १ फरवरीमा फाँसीमा झुण्ड्याउने तयारी थियो ।

२३ वर्षीया निर्भया मेडिकल कलेजकी छात्रा थिइन् । सन् २०१२ डिसेम्बर १२ को राति नौ बजे निर्भया र उनका केटा साथी बस चढेका थिए । निर्भयालाई बस चालक र अन्य पाँच पुरुषले ती सामूहिक बलात्कार गरे र उनका केटा साथीलाई रक्ताम्य हुनेगरिकुटपिट गरेका थिए । उनीहरुलाई नग्न र रक्ताम्य पारि बाटोको छेउमा फालिएको थियो ।

बाटोमा हिँडिरहेका मानिसहरुले उनीहरूलाई देखेपछि अस्पताल पुर्‍याए र प्रहरीलाई खबर गरेका थिए । बलात्कारको पन्ध्र दिनपछि निर्भयाको मृत्यु भएको थियो।

एक आरोपीलाई नाबालक भन्दै त्यसबेलानै सफाई दिइएको थियो भने अर्का एकजना रामसिंहले तिहाड जेलमा आत्महत्या गरेका थिए ।