Swornakshar Logo

धादिङमा यात्रुबाहक मिनी ट्रक दुर्घटना हुँदा ६ जनाको मृत्यु

७ माघ । काठमाडौं । धादिङमा यात्रु बोकेको मिनी ट्रक दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने २५ जनाभन्दा बढी घाइते भएका छन् ।

मण्डली दर्शन गरेर फर्किदै गरेको बा १ ख १२८० नम्बरको ट्रक
निलकण्ठ नगरपालिका वडानम्बर ८ मैदीभञ्जाङमा पल्टिएको हो ।

ट्रकमा निलकण्ठ–२ भुलभुलेका स्थानीयबासी रहेको जिल्ला प्रहरी कार्यालय धादिङले बतएको छ ।