Swornakshar Logo

रिसोर्टमा मृत अवस्थामा फेला परेका सबै भारतीय नागरिक

७ माघ । काठमाडौं । भारतको केरलाबाट नेपालका विभिन्न स्थान घुम्ने क्रममा दामन आइपुगेका १५ जनामध्ये ८ जना भारतीय नागरिकको मृत्यु भएको थियो । उनीहरु मकवानपुरको थाहा नगरपालिका–४, सिमभञ्ज्याङस्थित एभरेष्ट पानोरमा रिसोर्टमा बेहोस अवस्थामा भेटिएका थिए । मृत्यु हुनेहरुको पहिचान खुलिसकेको छ ।

मृत्यु हुनेमा भारत केरला बस्ने ३८ वर्षका रन्जित कप, इन्द्र, वर्ष ३७ वर्षीय प्रवीण, ३२ वर्षीया सरिया, ५ वर्षीया अभी, ७ वर्षीया अर्चना, पाँच वर्षका वैष्णव र ९ वर्षीया बन्द्रा कप रहेका जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक ललनप्रसाद कुर्मीले बताए ।

मृत्युु भएकाहरूले कोठामा हिटर बाली सुतेको र बिहान ८ बजेसम्म नउठेपछि सँगै आएका साथीहरूले खोजी गर्दा कोठामा बेहोस अवस्थामा फेला परेका थिए । पछि हेलिकोप्टरमार्फत ह्याम्स अस्पताल काठमाडौं पठाइएकोमा चिकित्सकले मृत घोषणा गरेको कुर्मीले बताए । उनीहरू बा.३ क. ३६८८ नम्बरको बसमा दामन आएका थिए ।