Swornakshar Logo

भीमफेदीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

५ माघ । काठमाडौं । आइतबार मकवानपुरको भीमफेदीमा ना.५२ प. ४६१६ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । हेटौंडा बाट काठमाडौं जाँदै गरेको मोटरसाइकल अनियन्त्रित भई पल्टिदा ३० वर्षीय अनिलप्रसाद चौहानको मृत्यु भएको छ । चौहान पर्सा, परशुरामपुर गाउँपालिका ८ का हुन् ।

दुर्घटना पछि घाईते भएका चौहानलाई उपचारका लागि हेटौंंडा ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले बताएको छ ।