Swornakshar Logo

रवि लामिछाने निर्दोष ठहरः पुडासैनी आत्महत्या प्रकरण

५ माघ । काठमार्डौ । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा दुरुत्साहन गरेको आरोपबाट टेलिभिजन प्रस्तोता रवि लामिछानेसहित तीन जनाले सफाइ पाएका छन् । जिल्ला अदालत चितवनले उनीहरुलाई सफाई दिएको हो ।

आइतबार जिल्ला अदालत चितवनमा भएको बहस सकिएपछि फैसला सुनाउँदै जिल्ला अदालतका न्यायाधीश हेमन्त रावलको इजलासले फैसला सुनाउँदै लामिछानेसहित युवराज कँडेल र रुकु भनिने अस्मिता कार्कीलाई सफाइ दिएको हो ।

पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा दुरुत्साहन गरेको भनियता पनि लामिछानेसहित युवराज कँडेल र अस्मिताको कुनै संलग्नता नदेखिएको भन्दै उनीहरुलाई सफाई दिएको हो ।

जिल्ला अदालत चितवनले गत भदौ ९ गते दुरुत्साहनको मुद्दामा पक्राउ परेका लामिछानेसहित पत्रकार कँडेल र कार्कीलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।