Swornakshar Logo

सत्य र बेपत्ता आयोगमा नाम सिफारिस, सबै नयाँ अनुहार

४ माघ । काठमाडौं । सत्य निरुपण र बेपत्ता आयोगमा नाम सिफारिसका लागि गठित सिफारिस समितिले दुवै आयोगका भावि पदाधिकारीको नाम शनिबार कानुन न्याय तथा संसदीय व्यवस्था मन्त्री भानुभक्त ढकाललाई बुझाएको छ ।

सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको संयोजकत्वमा गएको चैत महिनामा सिफारिस समिति गठन गरिएको थियो ।

सो समितिले गएको मंसिर महिनाको पहिलो साता ६१ जना आवेदकको नाम सार्वजनिक गरेको थियो ।

सिलबन्दी गरेर नाम सिफारिस गरिएको र अहिले नै सार्वजनिक गर्न नमिल्ने सिफारिस समितिका सदस्य तथा प्रवक्ता शर्मिला कार्कीले बताइन् ।

तर, स्रोतले जानकारी दिएअनुसार सत्य निरुपण आयोगमा गणेशदत्त भट्ट तथा सदस्यहरुमा प्रचण्डराज प्रधान, गोविन्द गौतम, मन दाहाल र बिष्णु पोखरेल तथा बेपत्ता आयोगको अध्यक्षमा युवराज सुवेदी तथा सदस्यहरुमा विष्णु भण्डारी, सुनिल रञ्जन सिंह, गंगा अधिकारी र सरिता थापा मगरको नाम सिफारिस भएको छ ।
ती नामबारेमा सरकारले चाँडै निर्णय गर्न सक्ने बताइएको छ । सिफारिस गरिएका व्यक्तिहरु दुवै आयोगका लागि नयाँ अनुहार हुन् ।