Swornakshar Logo

बकैया गाउँपालिकाको छतिवनमा रुद्र पाख्रिनको स्मृति सभा

२८ पुस । बकैया । मकवानपुरको बकैया गाउँपालिका–४, छतिवनमा शहीद रुद्र पाख्रिनको स्मृति सभा गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बकैया गाउँपालिका कमिटीले स्मृति सभाको आयोजना गरेको हो ।

स्मृति सभामा बोल्दै नेकपा मकवानपुरका सचिवालय सदस्य लक्ष्मी पाख्रिनले शहीदको सपना पूरा गर्नु नै शहीदप्रतिको सच्चा सम्मान भएको बताइन् । ‘शहिदले देखाएको बाटोमा हामी निरन्तर अगाडी बढ्नेछौं’, कार्यक्रमको प्रमुख अतिथि रहेकी पाख्रिनले भनिन् ।

नेकपा बकैया गाउँपालिका अध्यक्ष नारायण तिमल्सिनाको सभाध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा नेकपा सचिवालय सदस्यहरु लक्ष्मी माझी, जिवन गोले, पार्टीका जिल्ला सदस्य लोकनाथ गौतम, प्रेम डिम्डुङ, गाउँ कमिटी सचिव भक्त बहादुर खत्री लगायत सहभागी थिए ।

तत्कालीन नेकपा माओवादीको बारा, पर्सा र मकवानपुर ३ वटा जिल्ला इञ्चार्ज रहेका पाख्रिनलाई तत्कालीन शाही नेपाली सेनाले छतिवनमा हत्या गरेको थियो । उनको १७औं स्मृति दिवकास अवसरमा रुद्र बाटिकामा रहेको शहीद पाख्रिनको शालिकमा माल्यार्पण गरी उनको सम्झना गरिएको हो । नेकपाको पहलमा पाख्रिनको हत्या गरिएको स्थानमा बाटिका निर्माण गरेको थियो ।