Bagmati Samachar Logo

भीमफेदीमा कार दुर्घटना हुँदा एक भारतीय नागरिकको मृत्यु

२५ पुस । काठमाडौं । मकवानपुरको भीमफेदी गाउँपालिका –९ अघोरमा कार दुर्घटना हुँदा एक भारतीय नागरिकको मृत्यु भएको छ । बा १ य १२८३ नम्बरको कार गए राति वीरगञ्जबाट काठमाडौँतर्फ जाँदै गर्दा अघोरमा दुर्घटना भएको हो । दुर्घटनामा परि मृत्यु हुनेमा ४५ वर्षीय सन्तोषसल्वा कुमार रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार दुर्घटनामा परि गम्भीर घाइते भएका उनको आज बिहान हेटौँडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

सोही दुर्घटनाबाट भारत घर भएका अन्दाजी २४ वर्षीया गोपिकानन्द स्वामी र २३ वर्षीया लल्मी साहिटी गरी दुई जना घाइते भएका छन् । उनीहरुमध्ये एक जना गम्भीर घाइते भएको बताइएको छ । उनीहरुको हाल हेटौँडा अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीले गाडी चालकलाई नियन्त्रणमा लिई घटनाको विषयमा थप अनुसन्धान भइरहेको बताएको छ ।