Swornakshar Logo

अवैध उत्खननको विरोध गर्ने युवकको टिपरले किचेर हत्या

२५ पुस । काठमाडौं । धनुषाको मिथिला नगरपालिका–५ श्रीपुरमा शुक्रबार बिहानै टिपरले किचेर एक जनाको घटनास्थलमै मृत्यु भएको छ । श्रीपुरस्थित औरही खोलामा अवैध उत्खनन्को विरोध गर्दै आएका २४ वर्षीय दीलिपकुमार महतोको मृत्यु भएको हो ।

शुक्रबार बिहान उनी आफ्ना साथि रोशन यादवसँग खोलाकै बाटो मर्निङवाकमा निस्किएका थिए । एकाबिहानै खोलातिर टिपर गएको देखेपछि उनले उक्त टिपरलाई रोकेर अवैध गिट्टी बालुवा उत्खनन् नगर्न सुझाव दिएको बताइएको छ । अवैध उत्खनन् नगर्न भनेपछि चालकसँग भनाभन भएको र चालक आक्रोशमा आएर टिपरले किचेर उनको हत्या गरिएको स्थानीयको भनाइ छ ।

ठक्कर दिने ना ७ ख ६४१३ नम्बरको ट्रिपरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

घटनाको प्रकृति हेर्दा नियोजित रुपमा ट्रिपरले किचेर दिलिपको हत्या गरेको हुनसक्ने इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक रामकुमार यादवले बताए । चालकलाई पक्राउ गरिएको र अनुसन्धान भइरहेको यादवले बताए ।

हत्याको विरोधमा स्थानीयले टायर बालेर श्रीपुरस्थित पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारेका छन् । दोषीलाई कारवाहीको माग गर्दै स्थानीयले टायर बालेर राजमार्ग अवरुद्ध गरेका छन् ।