Swornakshar Logo

माटो परिक्षण गरि खेति गर्नुसः प्रदेश मन्त्री लामा

मकवानपुरगढीमा माटो परिक्षण प्रयोगशाला सञ्चालन
२४ पुस । हेटौडा । मकवानपुरको गढीगाउँपालिका ६ मा माटो परिक्षण प्रयोगशाला सञ्चालनमा आएको छ । प्रदेश ३ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले बिहिबार एक कार्यक्रमका बीच प्रयोगशालाको उद्घाटन गरेका थिए । ६ नं. वडाका वडा अध्यक्ष टिका प्रसाद दाहालको अध्यक्षतामा भएको छ ।

उद्घाटन पश्चात माटो परिक्षण विज्ञ गणेश शाह र कृषि शाखा मकवानपुरगढी गाउँपालिकाका प्रमुख चन्द्रकान्त चौधरीले प्रयोगशालामा भएका मेशिनरी औजारको बारेमा मन्त्री लामालाई जानकारी गराइएको थियो ।

कार्यक्रममा बोल्दै मन्त्री लामाले कृषकहरुको लागि यो प्रयोगशाला महत्वपूर्ण रहेको बताए । कस्तो माटोमा कुन खेतिपाती रहन्छ सोही अनुरुप खेतिप्रणाली गर्नुहुन आग्रह गरे । व्यवसायिक खेति तर्फ लाग्न युवा वर्गमा अनुरोध गर्दै यो प्रयोगशालाको सहि सदुपयोग गर्न आग्रह गरे । उनले प्रदेश ३ ले आगामी वर्षहरुमा १ सय १९ वटै स्थानिय तहहरुमा माटो परिक्षण प्रयोगशाला स्थापना गरि काम गर्ने बताए ।

यस वर्ष यस मकवानपुरगढी गाउँपालिका सहित चितवनको खैरहनी नगरपालिका, नुवाकोटको विदुर नगरपालिका, काभ्रेको पाँचखाल नगरपालिका र धादिङको सिद्धलेक गाउँपालिकालाई साझेदारी पत्र दिएर प्रयोगशालाको सुरु गर्न प्रदेश सरकारले लगाए मन्त्री लामाले बताए ।

कार्यक्रममा मन्त्रालयका सचिव डा. योगेन्द्र कार्की, गाउँपालिकाका अध्यक्ष विदुर हुमागाई, उपाध्यक्ष हर्कमाया रुम्बा, माटो परिक्षण विज्ञ गणेश शाह, गढीका वडा १ अध्यक्ष आईत सिं लो, २ नं. वडाका अध्यक्ष बखान सिंह पाख्रीन, ४ का अध्यक्ष रामप्रसाद तिमल्सिना, वडा ५ का अध्यक्ष जीतबहादुर घिमिरे, पालिकाका प्रशाशकिय प्रमुख राम प्रसाद पुडासैनी, कृषि विकास शाखाका प्रमुख चन्द्रकान्त चौधरी, महिला तथा बालबालिका शाखाका प्रमुख मन्दिरा थापा लगायत विभिन्न सहकारी संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।

एकिकृत शत्रुजीव व्यवस्थापन (आइपिएम) कृषक सहकारी संस्थाको ११ औं वार्षिक साधारण सभाको अवसरमा प्रयोगशाला सञ्चालनमा ल्याइएको हो । कार्यक्रममा व्यवसायिक पशुपालन र खेति गर्ने,उत्कृष्ठ शेयर सदस्य, बचत कर्ता, ऋणी र बाल बचत कर्तालाई समेत सम्मान गरिएको थियो ।