Swornakshar Logo

नेपाल भ्रमण वर्ष २०२० को भव्य उद्घाटन

१७ पुस । काठमाडौं । काठमाडौंको दशरथ रंगशालामा नेपाल भ्रमण वर्ष २०२० को औपचारिक उद्घाटन भव्य रुपमा भएको छ । रंगशालामा भएको भ्रमण वर्षको कार्यक्रममा दिप प्रज्वलन र भ्रमणवर्षको प्रतिक यति अनावरण गरी राष्ट्रपति विद्यादेवि भण्डारीले औपचारिक रुपमा उद्घाटन गरेकी छन् ।

राष्ट्रपति भण्डारीले सम्बोधन गर्दै पर्यटनलाई आर्थिक समृद्धिको रुपमा र भ्रमण वर्ष राष्ट्रिय अभियानको रुपमा सञ्चालन गरिएको भन्दै सबै नेपाली एकजुट भएर पर्यटन क्षेत्रको विकास गनुपर्ने बताइन् ।

सम्बोधनकै क्रममा नेपाल सांस्कृतिक तथा प्राकृतिक रुपले भरिपुर्ण भएकाले पर्यटकलाई सजिलै भित्राउन सकिने बताइन् । उनले संसारकै उत्कृष्ट गन्तव्य सगरमाथा, गौतमबुद्धको जन्मस्थल लुम्बिनी, चितवन, अन्नपूर्ण लागयतका उत्कृष्ट पर्यटकीय गन्तव्य रहेकोले नेपालको भ्रमण गर्न पनि आग्रह गरिन् ।

त्यस्तै उद्घाटन कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले समृद्ध नेपाल शुखि नेपालीको आधार नै भ्रमण वर्ष रहेको बताए ।

भट्टराईले नेपाल संसारकै एक प्राकृतिक सम्पदा भएको मुलुक भएकाले भ्रमण गर्न आउन विश्व समुदायलाई आग्रह गरे ।

विश्वका सबैभन्दा बढी उचाई भएका हिमालहरु नेपालमा रहेको गौतमबुद्धको जन्मस्थल, विभिन्न धार्मिक मठमन्दीरहरु, विश्व सम्पदा सुचिमा सुचिकृत सम्पदाहरु हेर्न पनि नेपाल आउनुपर्ने बताए ।

पर्यटन क्षेत्र नै नेपालको आर्थिक विकासको महत्वपूर्ण आधार बनेको पनि मन्त्री भट्टराईले बताए ।