त्रिशूली नदीमा डुबेर १४ वर्षीय बालकको मृत्यु
९ पुस । काठमाडौं । नुवाकोट, विदुर नगरपालिका–७ का एक बालकको बुधबार बिहान त्रिशूली नदीमा डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा विदुर–७ का १४ वर्षीय शङ्कर तामाङ रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख अविनारायण काफ्लेले बताए ।
काफ्लेका अनुसार घटना विदुर –१० स्थित तिरतिरे भीर नजिकै भैंसेमा नेपाल विद्युत प्राधिकरणको बाँधमा भएको हो । नहरमा फड्किएर जान लाग्दा तामाङ खोलामा परेको प्रहरी प्रमुख काफ्लेले बताए । नुवाकोटस्थित नेपाली सेनाको जबरजङ्ग गणबाट खटिएको उद्धार टोलीले करीब सात घण्टामा तामाङको शव फेला पारेको प्रहरीले बताए ।
प्राधिकरणले नहर तारबार नगरी लापरवाहीले छाडेकाले घटना भएको भन्दै मृतकको परिवारले क्षतिपूर्तिको माग गरेको छ ।
प्रतिक्रिया दिनुहोस्: