Swornakshar Logo

ठोरीमा सडक मर्मत गर्न प्रयोग गरिएको डोजर सेनाको नियन्त्रणमा

७ पुष । पर्सा । पर्साको ठोरी गाँउपालिकामा सडक ग्राभिल र मर्मतका लागि प्रयोग भईरहेको डोजर नेपाली सेनाले नियन्त्रणमा लिएको छ ।

ठोरी गाँउपालिका २ को शाखा सडकहरु मर्मत गर्नका लागि गिट्टी उत्खनन गर्न प्रयोग भईरहेको डोजर सोही वडाको इच्छानगरमा रहेको सेनाको पोष्टले नियन्त्रणमा लिएको हो ।
आज (सोमबार) काम गरिरहेको स्थान ठुटे खोलाबाट नै अपरान्ह ४ बजेतिर चालक सहित डोजरलाई सेनाले नियन्त्रणमा लिएको गाँउपालिका अध्यक्ष पदमलाल श्रेष्ठले जानकारी दिए । उनका अनुसार नियन्त्रणमा लिएको डोजर र चालकलाई छोड्न पटक पटक आग्रह गर्दा पनि सेनाले नमानेको बताए ।
वडा सदस्यहरुले गाँउपालिकाले बाटो मर्मतका लागि प्रयोग गरेको डोजर छोड्न आग्रह गर्दा पनि उनिहरुके वेवास्ता गरेको श्रेष्ठले बताए । डोजर सेनाले नियन्त्रणमा लिएपछी काम नै प्रभावित भएको उनले जानकारी दिए । ‘गाँउपालिकाको शाखा सडक मर्मत गर्दै थियौ आर्मी पोष्टले डोजर नियन्त्रणमा लियो उनले भने,’ बिकासका काम गर्दा पनि यस्तो भएपछी हामीले कसरी काम गर्ने ।’ ठोरीमा बिगत ४ दिनदेखी सडक मर्मतको काम भईरहेको छ।

फाइल तस्बिर