Swornakshar Logo

निजगढ विमानस्थल बनाउन रुख नकाट्नूः सर्वोच्चले अदालत

६ पुस । काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय गौरवको रुपमा रहेको निजगढ विमानस्थल बनाउन रुख काट्ने काम तत्कालका लागि रोक्न अन्तरिम आदेश दिएको छ ।

आइतबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र न्यायाधीश कुमार रेग्मीको संयुक्त इजलासले विमानस्थल निर्माणका क्रममा रुख काट्ने काम तत्काल रोक्न अन्तरिम आदेश दिएको हो ।

विमानस्थल निर्माणका क्रममा आवश्यकताभन्दा बढी रुख काट्न लागिएको र त्यसले वातावरणीय असर गर्ने भन्दै रञ्जु पाँडे क्षत्री लगायतले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

सर्वोच्च अदालतले सो रिटमा सुनुवाइ गर्दै तत्काल रुख काट्ने काम तत्काल रोक्न अन्तरिम आदेश दिएको हो ।