Swornakshar Logo

७ दिने मनोवैज्ञानिक परामर्श तालिम सौराहामा हुने

५ पुस । हेटौडा । प्रदेश स्तरिय ७ दिने मनोवैज्ञानिक परामर्श तालिम सौराहामा हुने भएको छ । तालिम सिआन पुर्नस्थापना केन्द्र र द स्कुल अफ साईकोलोजि नेपालको आयोजनामा हुन लागेको हो । यसको समन्वय प्रदेश ३ का रिकभरि नेपालले गर्दैछन।विशेष गरेर लागुऔषध को दुर्वेशनमा फसेकाहरुलाई त्यस दलदलबाट निकाल्न सुधार गृह सन्चालकहरुको लागि यो तालिम मापदण्ड अनुसार हुनेछ । यो तालिमको मान्यता प्राप्त हुनुको साथै परामर्श गर्ने सिप सिकाउने तालिमको लक्ष्य हो।

मनोचिकित्साले कसरि सहयोग गर्छ

उपचार सत्रहरुले न्युन आत्म सम्मानको मुल जरोलाई सम्बोधन गर्नुको साथै यसको धारणा बुझ्न सहयोग गर्छ।

समस्या भएको व्यक्तिलाई मनोविज्ञ सँगको परामर्शले आफ्नो समस्याको वारेमा जानकारि प्राप्त गर्न ,आत्मविश्वासि हुनु,स्वचेतना र सकारात्मक बनाउने गर्छ।

आत्मसम्मान सन्तुलित राख्न का लागि आवश्यक पर्ने विशिष्ट क्रियाकलापहरु गराईन्छ।
मनोविज्ञान समस्याको पुर्ण समाधानको लागि विशेष विधिबाट मनोविज्ञद्धारा उपचार सँगै परामर्श गर्नु पर्ने हुन्छ त्यसैले जो व्यक्ति भावना गासिएको क्षेत्रमा कार्यरत हुनुहुन्छ जस्तै(स्कुल, कलेज ,एनजीओ, आइनजीओ,मेन्टल हेल्थ सेक्टर,हस्पीटल र ल सेक्टर)यस तालिम साच्चै नै यहाँहरको लागि फलदायि हुनेछ।