Swornakshar Logo

सौतेनी छोराछोरीलाई विष खुवाउँदा आफैं मृत्युको सिकार

१ पुस । काठमाडौं । वीरगन्ज महानगरपालिका–२४ बहुअरीका जगदीशप्रसाद कुर्मीकी कान्छी श्रीमती ३२ वर्षिया राधिकादेवी कुर्मीको तरकारीमा विषादी हालेर खाँदा मृत्यु भएको छ ।
घरयासी झगडाको आक्रोशमा उनले तरकारीमै विषादी हालेर परिवारका अन्य सदस्यहरुलाई समेत खुवाएकी थिइन् ।

सोमबार बिहानको खाना पकाउने विषयमा राधिका र सौतेनी पट्टीकी छोरी मनिषाबीच झगडा भएको थियो । सोही आक्रोशमा राधिकाले तरकारीमा विषादी हालेर आफुसहित परिवारका सदस्यहरुलाइ पनि त्यहि तरकारी खुवाएको प्रारम्भिक अनुसन्धानको क्रममा खुलेको प्रहरी निरिक्षक दिपक साहले बताए ।

विषादी हालेर पकाइएको तरकारी खाएका उनका आफ्नै नाबालक छोरा र ३ सौतेनी छोरा र १ छोरी गरी ५ जना पनि सिकिस्त बिरामी भएका छन् ।

राधिकादेवीले गएराति गहुँबालीमा छर्ने बिषादी तरकारीमा हालेर आफुसहित परिवारका सदस्यहरुलाई पनि खुवाएकी थिइन् । गम्भीर बिरामी भएका राधिकासहित परिवारका ६ जनालाई उपचारका लागि गएराति नै वीरगन्जको तराई अस्पतालमा पुरयाइएको थियो ।

साहका अनुसार केहिवर्ष पहिले जेठी श्रीमतीको निधन भएपछि जगदीशले अर्को विहे गरि कान्छी श्रीमतीको रुपमा राधिकालाइ घरमा भित्रयाएका थिए ।

राधिकादेवीको उपचारकै क्रममा मृत्यु भएको हो । विषादी हालिएको तरकारी खाएर बिरामी परेका राधिकाका आफनै छोरा ३ वर्षीय विवेक कुमार तथा सौतेनी पटट्टीका तीन छोरा र एक छोरीको भने अवस्था गम्भिर रहेको जनाइएको छ । उनीहरु पाँचै जनालाई गएराति नै वीरगन्जको नेशनल मेडिकल कलेजमा भर्ना गरिएको वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरिक्षक दिपक साहले बताए ।

पर्साकै परवानीपुरस्थित कपडा उद्योगमा काम गर्दै आएका राधिकाका श्रीमान् जगदीश भने गएराति उद्योगमै थिए । मृतक राधिकाका श्रीमान् जगदशीलाइ प्रहरी कार्यालयमा झिकाएर घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।